Mon. Apr 14th, 2025

भूकम्पपीडित उद्योगीको ऋण मिनाहा : मन्त्री बस्नेत

mahesh-basnet-400x312

भक्तपुर – उद्योग मन्त्री महेश बस्नेतले भूकम्पबाट पीडित भएका साना उद्योगीका रु ५० हजारसम्मको ऋण सरकारले मिनाहा गरेको बताउनुभएको छ ।

नेपाल बोटल वाटर उद्योग सङ्घको चौथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै मन्त्री बस्नेतले उद्योगी व्यवसायीलाई राहत मिलोस् भनेर नै सरकारले रु ५० हजारससम्मको ऋण मिनाहा गरेको बताउनुभएको हो ।

मन्त्री बस्नेतले भन्नुभयो, “विदेशबाट मात्र सामान आयात गर्ने परम्पराले एकातिर देशको ठूलो धनराशि विदेशमा जाने गरेको र अर्कोतर्फ नाकाबन्दीले समस्या पार्न थालेकाले आफँै आत्मनिर्भर बन्न थप उद्योगहरु सञ्चालन गर्नुपर्छ ।”

विदेशमा ३० लाख नेपाली रोजगारीका लागि गएका र उनीहरुले पठाएको रु छ खर्बको रेमिट्यान्सले देश चलाउनुपर्ने अवस्था रहेकाले नेपाल आत्मनिर्भर हुनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । रासस

( क्भभ mयचभ बतस् जततउस्ररयलष्लिभउबतचष्पब।अयmरछछघछद्दर३कतजबकज।टइद्धभ्ब्टवग।मउगा

About The Author

अन्य समाचारहरु: