५ असोज, धादिङ – धादिङको कालुपाण्डे मार्ग स्थित कमेरे भन्ने ठाँउमा मंगलबार भएको माईक्रो वस दुर्घटनामा परी १० यात्रुहरु घाईते भएका छन् ।
धादिङबेसीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ७७३ नम्वरको माईक्रो अनियन्त्रित भई भित्तामा ठोकिएर सडकमा पल्टिएकोे हो ।
चालकको लापरवाहीका कारण सो सवारी दुर्घटना भएको घाईतेले बताएका छन् । माईक्रो बसमा १७ जना यात्रुहरु रहेका थिए ।
दुर्घटनाका घाईतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएको छ भने अहिले सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात माईक्रो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।