५ असोज, धादिङ – संविधान निर्माण प्रक्रियालाई लिएर बेखुसी देखिएको भारतले सीमा नाका बन्द गर्ने संकेत देखाएको भोलिपल्ट पेट्रोलियम पदार्थ बोकेका नेपाली ट्यांकरलाई नेपाल प्रवेशका लागि रोक लगाएको छ ।
रक्सौलबाट तेल भरेर भन्सार आइपुगेका तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न दिएन । भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ । यसअघि भारतले सोमबार साँझ विज्ञप्ति जारी गर्दै तराईमा भएको आन्दोलन सुल्झाएन आग्रह गरेको थियो । साथै उसले सीमाक्षेत्रमा भइरहेका हिंसात्मक गतिविधिको कारण देखाउँदै आपूर्ति रोकिने संकेत गरेको थियो ।
नेपाल आयल निगम उच्चस्रोतका अनुसार भारतीय भन्सारका अधिकारीले माथिको निर्देशन भन्दै ट्यांकरलाई भन्सारबाट छुटाउन नमानेका हुन् । निगमका उच्च अधिकारीले भने,ुमाथिको निर्देशन भन्दै ट्यांकरहरु रोकेका छन् । भन्सारका अधिकारीले माथिल्लो निकायले निर्देशन दिए मात्र ट्यांकर छुट्ने जानकारी दिएका छन् ।’
रक्सौलमा इन्धन भरेर आयल निगमका २७ वटा ट्यांकर हिजो नै भन्सारमा आइपुगेका थिए । नियमका अधिकारी भने, ुझण्डै ४० किलोमिटरको सवारी जाम पार गरेर भन्सारमा आइपुगेका ट्यांकर छुटाउन आनाकानी भएको छ । पोलिटिकल इन्ट्रेस्टले काम गरेको हो कि भन्ने देखिन्छ ।’
भारतमा रोकिएका ट्यांकरहरु छुटाउन आयल निगमका अधिकारी भन्सारमा पुगेका छन् । ‘दिउँसो २ बजेसम्म छुट्न सक्छ’ उनले भने, हामी पनि पहल गरिरहेका छौं । अहिले नै ठूलो आशंका गर्नुपर्ने अवस्था छैन् ।’