४ असोज, धादिङ – पूथ्वी राजमार्ग अन्र्तगत धादिङको पीडामा सोमबार विहानै मोटरसाइकल दुर्घटना हुदाँ बाबुछोराको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्तरगत धादिङको पिडा गाँउ विकास समितिको वडा नं १ घाटवेशीबाट गजुरी तर्फ आउँदै गरेको बा ४१ प ४५५६ नम्वरको मोटरसाइल सोही दिशाबाट आइरहेको ना ३ ख २९४६ नम्वरको ट्रकसंग ठोक्किदा मोटरसाइकलमा सवार बाबुछोराकै मृत्यु भएको हो ।
मृत्यु हुनेमा पिंडा गाँउ विकास समितीको जहरे निवासी ४२ वर्षिय क्षेत्र बहादुर पुलामी मगर र उनको छोरा २१ बर्षीय बिष्णु पुलामी मगर रहेको प्रहरी इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा अर्का एक बालक घाइते भएका छन् ।
घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएपनि अहिले राजमार्ग सुचारु रहेको र ट्रक र चालकलाइ नियन्त्रण लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।