Thu. Feb 27th, 2025

राहत स्वरुप धादिङ पीडाका स्थानीयलाई गहुँको बीउ वितरण

wheat-seeds-300x217
धादिङ – विनासकारी भुकम्पपछि विपदमा रहेका धादिङको पीडा गाउँ विकास समितिका स्थानीयहरुलाई राहत स्वरुप आइतबार गहुँको बीउ र पानीको ट्याङ्की वितरण गरिएको छ ।

युनाइटेड मिसन टु नेपाल धादिङको सहयोगमा प्रयास नेपालले प्रतिघर साढे ३ किलो गहुँको विउ, विउ राख्ने प्लाष्टिक झोला, बोरा, एक सय लिटरको ट्याङ्की राहत वितरण गरेको हो ।

विपदपछि तत्कालका लागि राहत स्वरुप खाद्यान्न र लत्ता कपडाहरु बाँडिएपनि अहिले समुदायलाई दिर्घकालिन रुपले अघि बढाउनका लागि बीउ र पानी संकलनका लागि ट्याङ्की वितरण गरिएको प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक विनोद भट्टले बताउनुभयो । पीडा गाउँ विकास समितिको डोलभञ्ज्याङ उच्च मावि, गजुरीपीडा उच्च मावि, भानुभक्त मावि र सरस्वती प्रावि गरी चार ओटा केन्दै स्थापना गरी राहत वितरण गरिएको पनि भट्टले जानकारी दिनुभयो ।

शनिबार पीडाका २६ सय ४९ परिवारलाई राहत वितरण गरिएको छ । अहिले घरधुरी संख्या बढेकोले वितरण गर्न बाँकी भएका केही घरपरिवारलाई पनि वितरण गरिने प्रयास नेपाल धादिङले जनाएको छ । राहत पाएपनि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

About The Author

अन्य समाचारहरु: