Tue. Mar 4th, 2025

राष्ट्रपति रामवरण यादवद्वारा नेपालको संविधान २०७२ जारी

rambaran yadab
३ असोज, काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान -२०७२ जारी गरेका छन् ।

संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।
राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान -२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।

राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

About The Author

अन्य समाचारहरु: