धादिङ – परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपालको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् ।
सहयात्री एड्भोकेसी सेन्टरमा शनिबार भएको पाँचौ अधिवेशनले अधिकारीको अध्यक्षतामा चार वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा सीताराम अधिकारी, महासचिवमा गोबिन्द बुढाथोकी, सचिवमा राममणि थपलिया, कोषाध्यक्षमा शुशिला श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा मानबहादुर श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, कृष्ण वि.क., तारामायाँ लामा, केदार पौडेल निर्वाचित भएका छन् ।
यसअघि भएको १० औँ साधारणसभाले उर्जाविकास, प्रकोप व्यवस्थापन, खानेपानी तथा सरसफाइ, सामुदायिक स्वास्थ्य कार्यक्रम, अस्थाइ आवास कार्यक्रम, गरिवी निवारण कार्यक्रम, सडक सुरक्षा कार्यक्रम, आपतकालिन स्वास्थ्य राहत कार्यक्रम, संचालन गरिरहेको विषयमा छलफल गरि प्रगति प्रतिवेदनहरु पारित गरेको छ । रमेश अधिकारीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा संस्थाका महासचिव कृष्ण अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कोसोक नेपालले राजमार्ग क्षेत्रका १४ गाविस, रि, सत्यदेवी, मार्पाक, बसेरी, फूलखर्क, मूलपानी, मैदी, त्रिपुरेश्वर कल्लेरी, छत्रेदेउराली, जीवनपुर, महादेवस्थान, गाविसमा कार्यक्रम संचालन गरिरहेको छ । कोसोक नेपालले कार्यक्रमलाई दिगोपना, नतिजनमूखी, सिर्जनसिल कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ ।