Mon. Mar 10th, 2025

सहयोगको एम्बुलेन्स बाटोबाटै बेपत्ता

ambu

धादिङ – जिल्ला स्वास्थ्य कार्यालय धादिङले सञ्चालन गर्ने गरी भन्सार छुट गरेर ल्याइएको सुविधा सम्पन्न एम्बुलेन्स बाटोबाटै हराएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि ग्रामीण क्षेत्रबाट घाइते तथा बिरामीको उद्धारको लागि कठिनाई उत्पन्न भएपछि लायन्स क्लब अफ काठमाडौं गोंगबुले जिल्ला स्वास्थ्य कार्यालय धादिङ मातहत सञ्चालन हुनेगरी सुविधा सम्पन्न एम्बुलेन्स सहयोग गर्ने प्रस्ताव गरेको थियो । सोही अनुरुप भन्सार छुटका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखी पठाएको भए पनि अहिलेसम्म एम्बुलेन्स जिल्ला स्वास्थ्य कार्यालय धादिङको सम्पर्कमा नरहेको  छ ।

भन्सार छुटमा ल्याइएको एम्बुलेन्स बाटोबाटै सम्पर्कबिहीन भएपछि जिल्ला स्वास्थ्य कार्यालय धादिङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत खोजी सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लले भने, ‘गत जेठ २१ गते लायन्स क्लब अफ काठमाडौं गोंगबुले बागमती क्षेत्रलाई आधार बनाई जिल्ला अस्पताल र लायन्स क्लबले संयुक्त रुपमा सञ्चालन गरी एम्बुलेन्स ल्याउन लागेकाले भन्सार छुटा गराईदिने सिफारिस पठायौं । तर एम्बुलेन्स नेपाल भित्रिएको जानकारी आए पनि अहिलेसम्म हाम्रो सम्पर्कमा आएको छैन् । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: