धादिङ – एक राष्ट्रिय दैनिक पत्रिकामा विवाह गर्ने विज्ञापन प्रकाशित गरेर ठगी गर्दै हिड्ने युवालाई धादिङबेसीवाट पक्राउ गरिएको छ ।
ठगि गर्ने शिलशिलामा धादिङवेसी आइपुगेको बेला जिल्ला प्रहरी कार्यलय धादिङवाट खटिएको टोलीले एक महिलालाइ ठगी गर्दे गरेको अवस्थामा रङगेहात पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । राजधानीबाट प्रकाशित हुने कान्तिपुर दैनिकमा साउन १३ गते “२५ देखि ३० वर्ष डिभोर्स वा एकल खानदानी ईमान्दार महिलाले सिधा सम्पर्क” भन्ने व्यहोराको विज्ञापन प्रकाशन गरी लाखौँ ठगी गर्दै हिँडेका सन्तोष कार्कीलाई प्रहरीले धादिङबेसीबाट पक्राउ गरेको हो ।
धादिङवेसी घर भएकी एक महिलाबाट १८ हजार नगद तथा केही सरसामान यस अघी नै लिइ सकेको र उक्त महिलाबाट पोखरा स्थित माछापुच्छ्े बैंकमा रहेको १० लाखको चेक बुझ्न आएको अवस्थामा महिलाको कोठाबाट नै कार्कीलाई पक्राउ गरेको र आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी अनुसन्धान महाशाखा पठाइने धादिङका प्रहरी प्रमुख सविन प्रधानले जानकारी दिए ।
कार्कीको साथवाट प्रहरीले ४ तोला सुनको गरगहना, ४५ तोल चाँदीको गरगहना, एक थान सामसुङ मोवाइल, र नगद ७ हजार ६ सय ५० समेत बरामद गरेको छ । आफूलाई कहिले प्रकाश रानाभाट, कहिले प्रकाश थापा, घर मोरङ विराटनगर, चितवन, उदयपुर, ओखल्ढुङ्गा बताउने तर बास्तविक घर सोलुखुम्बु तिङ्ला ६ लामुमाने भएको वर्ष २९ को सन्तोष कार्कीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको हो ।