२ असोज, गोरखा – गोरखाको पर्यटकीय क्षेत्र बारपाक वैशाख १२ को शक्तिशाली महाभूकम्पको कारण ध्वस्त भयो । शक्तिशाली भूकम्पको केन्द्रविन्दु रहेको बारपाकका सबै संरचना ध्वस्त भए । भूकम्पले घर भत्किँदा बारपाकमा मात्रै ७२ जनाको ज्यान गयो ।
भूकम्पले ध्वस्त बारपाकमा हिजोआज घुम्न आउने पर्यटकहरुलाई फेरि उही पुरानो आदरसत्कार र फूलमालाले स्वागत गर्न थालिएको छ । होमस्टे पर्यटन गन्तब्यका रुपमा ख्याति कमाएको बारपाकमा २२ वटा घरमा होमस्टे थियो । भूकम्पले होमस्टेका घरहरु पनि बाँकी राखेन । तर बारपाकबासीे पाल टाँगेरै होमस्टे चलाएका छन् ।
अतिथिहरुलाई फूलमालाले स्वागत सत्कार गरी पालमै खाने बस्ने ब्यवस्था मिलाइएको छ । ‘पाहुनालाई टेन्टमै राख्ने ब्यवस्था मिलाएका छौं, एउटा टेन्टमा ३० जना अटाउँछन्,’ सामुदायिक होमस्टेकी अध्यक्ष मनोस घलेले भनिन्, ‘एक राते प्याकेजको ८ सय रुपैयाँ पर्छ ।’
प्याकेजमा खाजा, डिनर, बेड, ब्रेकफास्ट र लञ्चको सुविधा रहेको छ । नागरिकबाट