Mon. Mar 10th, 2025

सुचना अध्यावधिक गर्न धादिङका जिशिअको निर्देशन

SAMSUNG CAMERA PICTURES
धादिङ – धादिङका जिल्ला शिक्षा अधिकारी गणेश ढकालले महाभुकम्पपछि जिल्लाभरका विद्यालय र विद्यार्थीको बारेमा सुचना अध्यावधिक गरी कार्यालयमा उपलब्ध गराउन श्रोत व्यक्तिहरुलाई निर्देशन दिइका छन् ।

भुकम्पले भवन भत्काएपछि विकट वस्तीहरुका विद्यालयमा पाठ्यपुस्तक, शैक्षिक सामाग्री, विद्यालय पोषाक नभएका कारण विद्यालय संचालन गर्न कठिन भएको गुनासो आइरहँदा जिल्ला शिक्षा अधिकारी ढकालले यस्तो निर्देशन दिएका हुन् । अस्थाई सिकाइ केन्द्र समेत नबनेका कारण विद्यालय संचालनमा आउन सकेको छैन भने कुन विद्यालय चल्न सकेको छैन ?, पाठ्यपुस्तक पाएनन् भने कुन विद्यालयले पाएका छैनन् ? त्यस्ता विद्यालय र विद्यार्थीहरुको बारेमा तत्काल जानकारी गराउन श्रोतव्यक्तिहरुसंग आग्रह गरे ।

धादिङबेसीमा आयोजित जिल्ला स्तरीय शैक्षिक सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी ढकालले उच्च पहाडी क्षेत्रहरुबाट विस्थापित भएर सदरमुकाम आसपास शिविरमा बस्दै आएका बालबालिकाहरु कुनै कारणले विद्यालय बाहिर छन् भने उनीहरुको बारेमा पनि जानकारी लिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै उनले विभिन्न गैर सरकारी संस्थाहरुले निर्माण गरिदिएको अस्थाई सिकाइ केन्द्रका कारण जिल्लाका कुनै पनि विद्यालयका विद्यार्थी छाना बाहिर कोही नभएको दावी गरे । अहिले भएका भौतिक क्षतिलाई सिकाइ मानेर अब बन्ने संरचना जहाँबाट हेर्दापनि विद्यालय हो भनेर चिनिने खालको बनाउन संम्बन्धित संघसस्थाहरुलाई सुझाव दिए ।
अहिलेसम्म बनेका अस्थाई सिकाइ केन्द्रले विद्यार्थी खुल्ला आकाशमा बस्नु नपरेको जानकारी गराउँदै कार्यक्रममा सहभागीहरुले अब बन्ने संरचना स्थायी ढंगबाट निर्माण गर्न सुझाव दिएका छन् । प्रयास नेपाल धादिङले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्लाका श्रोतव्यक्ति र शिक्षा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: