Mon. Mar 10th, 2025

धादिङबेसी आसपासका बस्तीमा २ सय २६ घर नक्कली विस्थापित

???????????????????????????????

धादिङ  – धादिङ सदरमुकाम र आसपासमा रहेका भुकम्प पिडितहरुको विस्थापित शिविरमा २ सय २६ घरधुरी विस्थापित नक्कली भएको जिल्ला दैवि प्रकोप उद्धार समितिले ठहर गरेको छ । विस्थापितले वढी भन्दा वढी राहत लिन संघसंस्था तथा जिल्ला दैवि प्रकोप उद्धार समितिलाई समेत झुठो विवरण दिई शिविर व्यवस्थापन समितिका अगुवाहरुले घरधुरी र परिवार संख्याका आधारमा खाद्यान्न लगायतका राहत एकमुष्ठ रुपमा लिने गरेका थिए । राहत वितरण गर्न जाने सरकारी कर्मचारीहरुले विस्थापित शिविरहरुमा राहत मात्रै जाने तर टहराहरु खाली देखे पछि कडाइका साथ अनुगमन गरिएको थियो ।

सदरमुकाम र सल्यानटार सहित ९ वटा विस्थापित शिविरहरुमा स्थानीय प्रशासनले अधिकृत स्तरका कर्मचारी खटाएर कडाईका साथ घरधुरी र जनसंख्या तथ्याङ्क विवरण संकलन गर्दा शिविर वाट २ सय २६ घरधुरी नक्कली भएको पत्ता लागेको हो । सदरमुकाम नजिकै रहेका ३ वटा शिविरमा त एउटै घरधुरीका मान्छेपनि भेटिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

‘विस्थापित शिविरमा गठन गरिएका ९ स्थानका ९ वटै व्यवस्थापन समितिका अध्यक्षहरु शिविरमा खाद्यान्न सकिएको भन्दै पालैपालो आएर १ हजार ५० घरधुरीको संख्या देखाई सोही अनुरुप खाद्यान्न लगायत विभिन्न राहत सामाग्रीहरु एकमुष्ठ वुझेर लिने गरेका थिए ।’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने, ‘अहिलेसम्म १ हजार ५० कै हाराहारीमा विस्थापित घरधुरी लाई राहत वितरण गरिएकोमा अनुगमन गर्दा सदरमुकाम वरपरका ८ वटा र सल्यानटारको एउटा समेत ९ वटा विस्थापित शिविरमा ८ सय २४ घरधुरी मात्रै फेला परेका छन् ।’

सदरमुकाममा घर निर्माण गरेका, दशकौंदेखि व्यापार गरिबसेका, श्रीमान विदेश गएपछि केटाकेटी पढाउन सदरमकाममै कोठाभाडामा बसेकाहरू पनि अस्थायी शिविरमा त्रिपाल हालेर राहत लिने गरेका छन । शिविरमा उनीहरूको त्रिपाल मात्रै हुन्छन सुत्ने र भान्सा बजारकै घरमा वा भाडा तिरेको कोठाहरुमा हुन्छ ।

भुकम्पले ग्रामिण वस्ती वाट विस्थापित भएर सदरमुकाम र वरपरका ९ वटा अस्थायी शिविरहरुमा सदरमुकाममै वर्षौ देखि वसाई सराई गरेका परिवारहरुले पनि त्रिपाल हालेर वसे पछि राहत वितरणमा वास्तविक पिडीतहरु मर्कामा परेका हुन् । नक्कली भुकम्प पिडितहरुको विगविगीले भुकम्पको क्षतिपछि गाउँमा बस्नै नसकेर विस्थापित भएकाहरुको ब्यवस्थापन कार्य जटिल बन्दै गएको छ ।

सरकार तथा संघसंस्थाहरुले वितरण गर्ने खाद्यान्न तथा गैह्र खाद्यान्न राहत सामाग्री वुझ्न एउटै परिवार विभाजित भएर एउटै परिवारले धेरै राहत सामाग्री वुझ्न विभिन्न शिविरमा टहरा निर्माण गरी बसेका समेत फेला परेका छन् । विस्थापितहरुका नाममा विभिन्न संघसंस्थाहरुले जस्तापाता, ग्या“स सिलिण्डर, चुल्हो, हजारौं पर्ने टेन्ट, राईसकुकर, प्रेसरकुकर, लत्ता कपडा, भांडाकुंडा, मन्जन वु्रस , सौर्य उर्जा समेत पटक पटक वितरण गर्न थालेपछि नक्कली विस्थापितहरुको सङख्या बढ्न थालेको हो ।

About The Author

अन्य समाचारहरु: