Mon. Mar 10th, 2025

तीन ठूला राजमार्ग चार लेनका बन्दै

rajmarga
३० भदौ, काठमाडौं – सवारी चाप बढी हुने मुलुकका तीनवटा ठूला राजमार्गलाई सरकारले चार लेनमा स्तरवृद्धि गर्ने भएको छ ।

सडक विभागमार्फत काँकरभिट्टा-बुटबल, नारायणगढ-काठमाडौं र मुग्लिन-पोखरा सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्ने योजना बनाएको  छ ।

विश्व बैंक, एसियाली विकास बैंक र मिलिनियम च्यालेन्ज को- अपरेसन (एमसिसी) गरी तीनवटा दाता संस्थाबाट लगानीको आश्वासन पाएपछि सरकारले सडक विभागमार्फत यी सडकको स्तरोन्नति गर्ने यषेजना बनाएको विभागका महानिर्देशक माधव कार्कीले जानकारी दिए ।

यी सडक आयोजनाकालागि सरकार सकारात्मक देखिएकोले योजना कार्यान्वयन हुने कार्कीको भनाई छ ।
नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: