
काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ।
प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भइरहेको छ । भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्दसमेत भइरहेकाले यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।
पोखरा, सिमरा र भरतपुरमा उडान र अवतरण रोकिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शर्पाले नेपाल प्रेसलाई बताए । अन्य ठाउँमा भने उडान नियमित छ ।