काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा सुदन थापा विजयी भएका छन् । आईतबार विहानैबाट सुरु भएको मतगणनाको सोमवार विहान प्राप्त परिणाम अनुसार सुदन थापाले कुल ८९२ मत ल्याई विजयी भएका हुन।
उनका प्रतिद्धन्द्धी चिरन्जिवी थापाले ७२७ र अर्का प्रत्यासी नरबहादुर थापाले ५७९ मत पाएका छन्। नयाँ कार्यकाल २०१५(१७का लागि अध्यक्षमा निर्वाचित भएपछि थापाले आफ्नो जित सबै एनआरएनएको जीत भएकोले जापानको संगठनलाई मजवुत गरेर लैजान एनआरएनए अभियानमा लागेका सवैलाई समेटेर लाने प्रतिवद्धता जनाए।
तीन जना उपाध्यक्षका लागि भएको निर्वाचनमा सवैभन्दा वढी मत प्राप्त गरि टासी वाङदी लामा, टंक प्रसाद गैरे र देवीलाल भण्डारी विजयी भएका छन । टासी वाङदी लामाले १,१८२, टंकप्रसाद गैरे ९३८ र देवीलाल भण्डारीले ८४६ मत पाएर विजयी हुने अवसर पाएका छन ।
यस्तैगरि महासचिवमा अनुज थापा १,११९ मत पाएर विजयी भएका छन्। उनको प्रतिद्धन्द्धी सरोज खत्रीले ८७८ मत पाएका छन्। सचिवमा बुद्धिराज घिमिरे ९२५ मतले विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी विष्णुप्रसाद घिमिरेले ९१६ मत पाएका छन्। सचिवमा अत्यन्तै कडा प्रतिष्पर्धा भएको थियो।
यस्तै कोषाध्यक्षमा वहालवाला कोषाध्यक्ष समेत रहेका दीपक थापाले दोस्रो कार्यकालका १,०५८ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्प्रर्धी प्रेमप्रसाद कँडेलले ८७५ मत पाएका छन्।
यस्तै गरि ५ जना सदस्य पदका लागि सविता श्रेष्ठ, नारायणप्रसाद अधिकारी, राम थापा अनिल, नन्दलाल गैरे र डिलाराम सापकोटा क्रमस विजय भएका छन। कुल १२ जनाको उम्मेदवारी परेको सदस्य पदमा सविता श्रेष्ठले ८९६ मत पाएकी छन । यस्तै नारायणप्रसाद अधिकारीले ८५०, राम थापा अनिलले ८२६, नन्दलाल गैरे ७५९ र डिलाराम सापकोटा ६९९ मत पाएर विजयी भएका छन ।
यस्तैगरि आईसीसी सदस्य पदमा चारजना विजयी भएका छन जसमध्ये तुल्सीराम खरेलले सवैभन्दा वढी मतका साथ विजयी भएका छन । खरेलले १०९५ मत प्राप्त गरेका छन्। यस्तै अजिव गुरुङ ओमले १०७६ मत, कपिलदेव थापाले १०६० मत पाएका छन भने पारसमणी पोखरेल १,००१ पाएका छन।
एनआरएनए जापानको सदस्यतामा अनलाईन मार्फत दर्ता भएका ४,२६० मतदाता मध्ये २,५७२ मत खसेको थियो । जसमध्ये ३७३ मत वदर भएको थियो । सेप्टेम्वर ६मा पहिलो चरणको निर्वाचन सम्पन्न भएपनि नागोया क्षेत्रमा निर्वाचन धाँधली भएको प्रमाण्ति भएपछि शनिवार पुन मतदान गराईएको थियो ।