
काठमाडौं– रवि लामिछाने आजदेसख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिकै जिम्मेवारीमा फर्किने भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको विशेष बैठकले रविलाई पार्टीमा कमब्याक गराउने निर्णय गरेको हो ।
कार्यवाहक प्रवक्ता मनिष झालेका अनुसार त्यसका लागि आज दिउँसो ३ बजे बैठक राखिएको छ । उक्त बैठकले रविलाई सभापतिमै कमब्याक गरेको घोषणा गर्ने छ ।
प्रवक्ता झाका अनुसार आज पार्टीको दुईवटा बैठक बस्दैछ । पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ भने दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्ने छन् ।
रविसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुने बताइएको छ ।
रवि सहकारी ठगी प्रकरणमा काकित २ गते पार्टी कार्यालयबाट पक्राउ परेका थिए । रविविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा सहकारीको मुद्दा चलिरहेको छ । पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।