बिक्रम अधिकारी –
आज हाम्रो देशमा अरू सामाजिक, शैक्षिक समस्या जस्तै महँगीले बढि उग्र र चर्को रूप लिएको छ । यसले डर लाग्दो रूप धारण गरेको हुँदा नेपाली जनतामा हाहाकार को स्थिति पैदा गरेको छ । बर्तमान समयमा भएको मूल्यबृद्धिले जनताको ढाड भाँचेको छ र दैनिक जिबन धान्न कठिनाई उत्पन्न भएको छ । आज सर्बसाधारण जनताको जिबन दुख र बिलौना को पर्यायबाचीका रूपमा रूपान्तरित भएको छ ।
बर्तमान समयमा मुल्यबृद्दि हुने अनेक कारणहरू रहेका छन् । यसका सम्बन्धमा अनेक पक्षबाट बिभिन्न कारणहरू प्रस्तुत गरेको देखिन्छ । सरकारी पक्षले अन्तरास्ट्रिय मुल्यबृद्धि लाई औँल्याएको छ भने बित्तिय संस्थाहरू ले मुद्रास्फीर्ति तिर सङ्केत गरेका छन् । उता राजनितिक पार्टि, नागरिक समाज र सर्बसाधारण जनताले मुल्यबृद्धिको कारण सरकार नै जिम्मेवार छ भनेका छन् । बस्तुत स् सरकारको दुर्बलताको कारण मुल्य नियन्त्रण हुन नसकेको हो भन्ने अधिकांश मानिसको धारणा रहेको छ । यसका अतिरिक्त मुल्यबृद्दि गराउने काममा व्यापारीहरूको अबसरबादिताको हात छ भन्ने मनिसहरूको पनि कमि छैन ।
आज नेपाली जनता बढ्दो महँगीका कारण ठुलो संकटमा परेका छन् । महँगीले आज आकाश छोएको छ । बिजुली, दुध, पेट्रोल, परिवहन, शिक्षा, टेलिफोन आदिको मुल्यबृद्धिमा स्वयम् सरकार जिम्मेवार देखिन्छ । यसैगरी बजारमा बिक्रि हुने प्रत्येक उपभोग्य सामान को दरभाउ अनियन्त्रित रूपमा बृद्धि भइरहेको छ । मुल्यबृद्दि को अदृश्य शक्ति ले आफ्नो कब्जामा पारेको कुनै क्षेत्र बाँकि रहेको छैन। सबै क्षेत्र बढ्दो महँगीका कारण आक्रन्त बनेको छ ।
बढ्दो मुल्यबृद्दिको परिणामस्वरूप सर्बसाधरण जनतामा निरासाको कालो बादलले ढाकेको छ । जनताको मन कुँडिएको छ र सरकारप्रति उनीहरू आक्रोशित बन्न थालेका छन् । सरकार प्रतिको अबिश्वास ले अस्थिरता निम्तिने सम्भाबना बढ्दै छ । बास्तबमा मुल्यबृद्दि ले जनतामा उकुसमुकुसको स्थिति सिर्जना गरेको पाइन्छ । बढ्दो मुल्यबृद्धि ले जनतामा ठुलो समस्या सिर्जना गरेको छ । समयमै जिम्मेवार पक्षले ध्यान नदिएमा देशले विकराल स्थितिले सामना गर्नुपर्ने हुन्छ ।