Wed. Apr 2nd, 2025

काठमाण्डौ बन्यो विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाण्डौ – काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ ।

काठमाण्डौको वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायु प्रदूषण छ ।

वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २ दशमलव ५ को मापदण्डमा जाँचिन्छ ।

पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २ दशमलव ५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ ।

अहिले काठमाण्डौको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च रहेको छ । काठमाण्डौको प्रदूषणको तह विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा ३२ दशमलव ४ गुणा माथि पुगेको जलवायुविज्ञ डा।धर्मराज उप्रेतीले बताए

सडकको धुलो, धुवाँ र आगलागी प्रदूषणको मुख्य कारण भएको उनको भनाइ छ । उहाँका अनुसार पानी नपरेसम्म प्रदूषण घट्दैन, तर अबको ३–४ दिनसम्म पानी पर्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: