
धादिङ– धादिङको गजुरी गाउँपालिका-२ को बिप्लप सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा दुई वटा घर जलेर नस्ट भएको छ ।
जंगलमा लागेको आगोेले बिप्लप माथिल्लो गाउँ बस्ने ४६ वर्षीय चनमती बि.क.र ४७ वर्षीय खुम राज बि.क.को घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको हो । आगालागीका कारण ३ वटा बाख्रा जलेर मरेको छ, मानविय क्षती भने भएको छैन ।
दिउँसो करिव चार बजेदेखि लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा साँझ ६ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।
गर्मी मौसम सुरु भएसँगै आगलागीको घट्नाहरु बढिरहेको हुनाले सचेत रहन नागरिकहरुलाई जिल्ला प्रहरीले कार्यालयले अनरोध गरेको छ ।