Mon. Mar 31st, 2025

नेपाल उत्पीडित जातीय मुक्ति समाज त्रिपुरासुन्दरीको अध्यक्षमा राजकुमार वि.क. चयन

धादिङ – नेपाल उत्पीडित जातीय मुक्ति समाज त्रिपुरासुन्दरी गाउँपालिका कमिटिको अध्यक्षमा राजकुमार वि.क. चयन भएका छन् ।

शनिबार सीयानटारमा सम्पन्न पहिलो अधिवेशनले नयाँ कमिटि चयन गरेको हो । १८ सदस्यीय कमिटिको उपाध्यक्षमा कृष्ण बहादुर वि.क., सचिवमा मोशन वि.क., कोषाध्यक्षमा रोहित गैरे,सहसचिवमा प्रेम वि.क. र ज्योती सुर्खेती चयन भएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका स्थायी कमिटि सदस्य विष्णु बहादुर मिजारको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रममा नेकपा एमाले धादिङका इन्चार्ज खेम लोहनी, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं त्रिपुरासुन्दरी गाउँपालिका इन्चार्ज उमेश थापा, प्रदेश कमिटि सदस्य शम्भु थापा, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिवाय सदस्य कुमार, वि.क., केन्द्रिय सदस्य दिल बहादुर रम्तेल लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

About The Author

अन्य समाचारहरु: