Mon. Mar 31st, 2025

राजावादी आन्दोलन :ज्ञानेन्द्रको उक्साहटमा हिंसात्मक बने राजावादी

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलअनुसार अगाडि बढेको राजावादी गतिविधि हिंसात्मक र अराजक बनेको छ ।

विवादित व्यापारी दुर्गा प्रसाईं कमान्डर बनेर तीनकुनेमा शुक्रबार निस्किएको राजावादी प्रदर्शन हिंसात्मक र अराजक बन्न पुगेको हो । प्रदर्शनकारीको अराजकता र प्रहरीको प्रतिवादका क्रममा शुक्रबार साँझसम्म दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनको भिडियो खिच्न बसेको घरमै प्रदर्शनकारीले आगो लगाउँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो । गृह मन्त्रालयका सहसचिव छविराज रिजालका अनुसार प्रदर्शनकै क्रममा कीर्तिपुरका २९ वर्षीय सुविन महर्जनको मृत्यु भएको छ ।

प्रहरीको प्रारम्भिक सूचनाअनुसार कम्तीमा २२ जना घाइते भएका छन् । ठूलो संख्यामा भौतिक संरचनामाथि तोडफोड र आगजनी भएका छन् । स्थिति सामान्य अवस्थामा फर्काउन गृह प्रशासनले कोटेश्वर, तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।

मानव अधिकार आयोगले प्रदर्शन हिंसात्मक बनेको निर्णय सार्वजनिक गरेको छ । ‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन,’ आयोगले भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारलाई आग्रह गर्दछ ।’

About The Author

अन्य समाचारहरु: