गोरखा – तुइनबाट नदि तर्ने क्रममा गोरखाका एक कृषक त्रिशुलीमा खसेका छन् । मंगलबार बिहान तरकारी बोकेर तुइनमा त्रिशुली तर्दै गर्दा गोरखाको भुम्लिचोक–७ का कृषक सन्तबहादुर चेपाङ गोरखाको हुक्दी खोलास्थित त्रिशुलीमा खसेका हुन् ।
त्रिशुलीमा खसेका उनलाई स्थानीयले उद्धार गरी बचाएका छन् । तुइनबाट खसेका उनको ढाड भाँचिएपछि उपचारका लागि काठमाडौं लगिएको छ ।
ढाड भाँचिएर गम्भीर भएका उनको अहिले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।