
दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलो परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २७ पुगेको छ ।
डढेलोमा परी ३२ जना घाइते भएका दक्षिण कोरियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो ६० र ७० वर्ष उमेर समूहका छन् । डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । एक हजार तीन सय वर्ष पुरानो बौद्ध मन्दिरसहित कैयौं प्राचीन स्थल आगोले जलेर नष्ट भएका बीबीसीको खबरमा उल्लेख छ ।
दक्षिण कोरियाको इतिहासमै भयानक डढेलोका कारण एक हप्तामा ३५ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा क्षति पुगेको छ ।
तीव्र गतिको हावा र सुक्खा जमिनका कारण डढेलो फैलिरहेको अधिकारीहरूले बताएका छन् । हिजो डढेलो निभाउने क्रममा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।