
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको दक्षता र चाहना बुझ्न विभिन्न तहमा अध्ययनरत विद्यार्थीसँग छलफल गरेका छन् । करिब ४० जना विद्यार्थीलाई आज बालुवाटारमा बोलाएर उनले अन्तरक्रिया गरेका हुन्
।
छलफलका क्रममा विद्यार्थीहरुले सूचना प्रविधिबाट मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने धारणा राखेका थिए । त्यस्तै, प्रत्येक सरकारी कर्मचारीहरुलाई एआईसम्बन्धी ज्ञान र तालिम दिनुपर्ने राय उनीहरुले प्रधानमन्त्रीलाई दिएको बताइएको छ ।
बद्लिदो समय र परिवेश अनुसार सरकारी कामकाजको प्रक्रिया र प्रणाली सुधार हुन नसकेको विद्यार्थीहरुको गुनासो प्रधानमन्त्रीले गम्भीरताका साथ सुनेका थिए । र, दीर्घकालिन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्
प्रधानमन्त्री ओली र विद्यार्थीबीच भेटवार्ताको चाँजोपाँजो नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको शिक्षा विभागले गरेको बुझिएको छ । छलफलमा सहभागी विद्यार्थीहरु अनेरास्ववियुमा आवद्ध रहेको बताइन्छ ।