Tue. Mar 25th, 2025

दिब्या बनिन् शैक्षिक परामर्शदाता संस्थाकी व्यवसायिक दूत

काठमाडौं– अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको व्यवसायिक दूतमा नियुक्त भएकी छन् । आइतबार आयोजित समारोहमा उनलाई प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको दूत बनाइएको हो ।

रायमाझीसहित संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता भएको छ । उक्त संस्थाले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययनबारे परामर्श दिँदै आएको छ ।

७ वर्षदेखि संस्थाले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्ड र युरोपेली मुलुकमा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई परामर्शसहित भिसा सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

दूतको रुपमा रूपमा नियुक्त भएपछि रायमाझीले पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुसी जनाइन् । ‘शैक्षिक विधामा आफूले जानेको ज्ञान र अनुभव विद्यार्थीसँग बाँड्ने छु र सहकार्य गर्नेछु’ उनले भनिन् ।

दूतको रुपमा नियुक्त भएपछि रायमाझीले संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछिन् । उनको उपस्थितीमा मार्च २७ मा संस्थाले ‘युके एडमिसन डे’ नामक शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

रायमाझीले हालै रिलिज भएको फिल्म ‘एक्टर स् टेक वन’बाट घरेलु फिल्ममा डेब्यु गरेकी हुन् ।

About The Author

अन्य समाचारहरु: