Tue. Mar 25th, 2025

पाकिस्तानमा मन्त्रीहरूको तलब १८८ प्रतिशतले बढ्यो

देशमा रहेको आर्थिक सङ्कटकै बीच पाकिस्तान सरकारले मन्त्रीहरूको तलब एक सय ८८ प्रतिशतले बढाएको छ ।

मितव्ययिता योजना शुरू गर्ने र खर्च घटाउने दाबी गर्दै आएको शाहबाज शरीफ नेतृत्वको सरकारले क्याबिनेट मन्त्री, राज्यमन्त्री र सल्लाहकारहरूको तलबमा एक सय ८८ प्रतिशतको आश्चर्यजनक वृद्धिलाई अनुमोदन गरेको ‘द फ्री प्रेस जर्नल’ ले जनाएको छ ।

देश ठूलो आर्थिक सङ्कटबाट गुज्रिरहेको, तलब पाउने वर्ग अझै पनि उच्च करको बोझले थिचिएको, बेरोजगारी, मुद्रास्फीति, उच्च इन्धन लागत, उच्च बिजुली मूल्य आदिको बोझले थिचिएको समयमा पाकिस्तान सरकारले तलब वृद्धि गर्ने निर्णय गरेको हो । पछिल्लो घोषणा अनुसार मन्त्री र सल्लाहकारहरूले अब प्रतिमहिना पाँच लाख १९ हजार पाकिस्तानी रुपियाँ पाउनेछन् ।

प्रधानमन्त्री शरीफले अत्यधिक करका कारण पाकिस्तानीहरूलाई आफ्नो खर्चमा कडाइ गर्न आह्वान गर्दै यो देशका लागि पुनर्लाभको चरण भएको दाबी गर्दै आएका छन् । तर मन्त्री र सल्लाहकारहरूको तलबमा १८८ प्रतिशत वृद्धिले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ ।

About The Author

अन्य समाचारहरु: