Sat. Mar 22nd, 2025

आजको मौसम: देशभर आंशिक बदली, यी प्रदेशमा वर्षाको सम्भावना

काडमाडौं -हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र मभेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

कोशी र मभेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ ।

कोशी प्रदेश, मभेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति कोशी प्रदेश, मभेस प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।

कोशी प्रदेश, मभेस प्रदेश र गण्डकी प्रदेश लगायत पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: