Sat. Apr 19th, 2025

कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट र फ्लडलाइट जडानको काम वैशाखभित्र सकिने

काठमाडौं – शहरी विकास मन्त्रालयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ । मंगलबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइको हो ।

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट “कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले बताए ।

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

About The Author

अन्य समाचारहरु: