Mon. Mar 17th, 2025

विरोधसभामा हजारौं जनतालाई सडकमा उतार्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सफल बनाउन हजारौँलाई उत्रार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।

राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्र पक्षधरहरुले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।

About The Author

अन्य समाचारहरु: