
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ता हुँदैछ। आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको छ।
स्ववियु निर्वाचनका लागि क्याम्पसमा गठन गरिएका निर्वाचन समितिले समय निर्धारण गरेको विद्यार्थी संगठनले जनाएका छन्।
त्रिभुवन विश्वविद्यालयो ६२ वटा आंगिक र केही सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ।
एमाले निकट अनेरास्ववियुले अधिकांश क्याम्पसमा अध्यक्षसहित उम्मेदवारहरू टुंग्याइसकेको संगठनका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।
धादिङका क्याम्पसहरुमा पनि आज उम्मेदवारी दर्ता हुँदैछ ।