
काठमाडौं– नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।
बैठक अपराह्न ४ बजे बस्ने बताइएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको गतिविधि, सरकारका कामकारबाही लगायत विषयमा छलफल हुने जनाइएको छ ।
बैठकले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे निर्णय गर्न सक्ने बुझिएको छ ।
हिजो भएको अनौपचारिक छलफलमा वर्तमान सरकारको रवैयाका कारण प्रतिगामी शक्ति सल्बलाएको निष्कर्ष निकालिएको थियो ।