
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । भ्याली पब्लिक स्कुलका सञ्चालक समेत रहेका स्याङ्जाका अधिकारी कांग्रेस निकट हुन् ।
प्याब्सनको अध्यक्षमा टिका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो । तर, उक्त सर्कुलर बाहिरिएर विवाद बढेपछि पुरी पछि हटेका थिए ।