Sun. Mar 9th, 2025

राजावादीको प्रदर्शनले काठमाण्डौको सडक प्रभावित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका राजावादी दल तथा संस्थाहरूको प्रदर्शनले काठमाडौँको सवारी आवागमन प्रभावित भएको छ।

प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएपछि तीनकुने चाबहिल रुट प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी संजयबहादुर राउतले बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने भएपछि राजावादीहरूले प्रदर्शन गरेका छन् ।

तर उनी आएकै अवसरमा राजावादीहरूले पनि प्रदर्शन गरेपछि सुरक्षा सतर्कता बढाइएको काठमाडौँ उपत्यका प्रहरी काकर्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए।

About The Author

अन्य समाचारहरु: