
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा ९माओवादी केन्द्र०ले ‘जनयुद्ध’ बेचेर खाएको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २६औँ स्मृति दिवसका अवसरमा बुधबार ९फागुन २१० राजधानीमा आयोजित कार्यक्रममा यस्तो आरोप लगाएका हुन् ।
“माओवादी हिंसा भन्ने शब्दबाट किन भागिरहेको छ ? माओवादबाट किन भागिरहेको छ ? जनयुद्ध त बेचेर खाइसक्यो,” उनले भने ।
उनले माओवादी संकटमा भएर नाटक गरिरहेको बताए । “माओेवादको औचित्य समाप्त भयो । माओवादको ट्याग लगाइरहेको छ । जनयुद्ध ठिक भन्न सकेको छ आज ?,” उनले प्रश्न गरे ।
गाउँ रित्तो हुन ‘जनयुद्ध’कालबाट सुरु भएको उनले टिप्पणी गरे । “हामी आज गाउँ रित्तो भयो भन्छौँ, गाउँ रित्तो हुनुको प्रारम्भ जनयुद्धबाट सुरु भएको हो । सुरक्षाका लागि मानिस सहर पसे,” उनले भने ।
उनले राजतन्त्र ‘बुलेट’बाट नभएर ‘ब्यालेट’बाट पराजित भएको बताए । ‘जनयुद्ध’ गलत भएको उनको भनाइ थियो ।