Wed. Mar 5th, 2025

गल्छीका तिनओटा वडा बालमैत्री वडा घोषणाको तयारीमा

धादिङ -चारवर्षदेखिको बालमैत्री स्थानीय शाशनका तयारीका कार्यक्रम संचालन गरि नितिगत, संस्थागत र कार्यक्रमगत योजनाहरु लागु गरेको गल्छी गाउँपालिकाका तिनवटा वडाहरु जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुने भएका छन् ।
गल्छी गाउँपालिका वडा नम्बर ७, १ र २ मा जिल्ला अनुगमन समितिले बालक्लबको प्रतिनिधि सहित स्थलगत अनुगमन गरेको थियो । अनुगमनको आधारमा भएको समिक्षिा बैठकले बालमैत्री वडा घोषाको लागि जिल्ला समन्वय समितिलाई सिफारिस गरिएको छ ।

बालमैत्री शासन जिल्ला अनुगमन समितिको बुधबारको बैठकले वडाहरुमा गरिएको अनुगमनमा देखिएका र भएका गतिविधिको समीक्षा गर्दै सुझाव सहित जिल्ला समन्वय समितिलाई बालमैत्री स्थानीय शाशनका लागि बालमैत्री वडा घोषणा गर्न सिफारिस गरेको जिल्ला समन्वय समितिका कार्यालय प्रमुख राम आश्रय यादवले जानकार दिए ।

नेपाल सरकारले तोकेका बाल संरक्षण, बाल विकास, बाल संरक्षण र बाल सहभागिता तथा संस्थागत तथा नितिगत सुधार समेत गरि ५१ ओटा सूचककोमा रहेर वडाहरुमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।


बालमैत्री स्थानीय शासन पूर्ण रुपमा लागु भएपछि विकासमा आधारभुत विषयहरु निति योजना र कार्यक्रम कायान्वयन भएको अवस्थामा पुगेको हुने छ भने बालबालिकाको सबै किसिमको निति निर्माण तहमा निर्णायक रुपमा सहभागिता समेत हुने व्यवस्था रहेको छ ।

About The Author

अन्य समाचारहरु: