Mon. Mar 3rd, 2025

एनसेलले ल्यायो खल्तीमा पनि ‘फ्ल्यास सेल अफर’

काठमाडौं– एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ।

यस अन्तर्गत हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकहरुले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार जित्न सक्ने एनसेलले विज्ञप्ति जारी गर्दै जनाएको छ।

आइतबार (फागुन ११)बाट सुरु भएको यो अफर चैत्र ९ सम्म संचालनमा रहने छ। बोनसका साथ उपहार जित्नका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरूमध्ये कुनै एक प्याकको खरिद गर्नु पर्न कम्पनीले जनाएको छ।

यसरी छानिएका प्याकहरूमा सधैं अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन्। सधैं अनका प्याकहरुका प्याक अनुसार ग्राहकहरुले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रुपमा पाउनेछन्।

होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइनेछ। त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्नेछन्।

सुरुवातमा एनसेल एपको विषेश अफरका रुपमा संचालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरुलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो।

About The Author

अन्य समाचारहरु: