Sat. Mar 1st, 2025

कर्णालीको कथामा ‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’

काठमाडौं । महेश त्रिपाठी र रेणु योगीले अभिनय गरेको फिल्म ‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ युट्युबमा सार्वजनिक भएको छ । गीतले फिल्मको मुख्य कथावस्तु र आत्मालाई चित्रण गरेको छ ।

वसन्त उदासको शब्द, संगीत रहेको गीतमा सुरज पण्डितको स्वर छ । कर्णालीको विपन्न परिवारको एक दम्पती र उनीहरूको दुःखसुखलाई गीतका शब्दमा बुनिएको छ । अभावबीच पनि फक्रिएको प्रेमकथा यसमा छ ।

गीतले दर्शकलाई कर्णालीसँग जोड्ने प्रयत्न गर्छ । ‘लाज शरणम्’ हेरेका दर्शकले यो गीतलाई रुचाएका छन् । यो फिल्मबाट अभिनेता त्रिपाठी पनि एकाएक चर्चामा छन् । विशेषगरि, फिल्मभित्र उनले निर्वाह गरेको चरित्र र त्यसको संवेदनालाई दर्शकले रुचाएका छन् ।

यो गीतले फिल्मको कथावस्तु र दुई मुख्य पात्रको मनोविज्ञान र आञ्चलिकतालाई चित्रण प्रयत्न गरेको छ । जेपिटी क्रिएसनले निर्माण गरेको फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

About The Author

अन्य समाचारहरु: