Fri. Feb 28th, 2025

प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी भिड्ने

धादिङ – धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी भिड्ने भएको छ ।

शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको हो ।

आयोजक डिएफसी र शिवदल गणबीचको खेल निर्धारित समयमा गोलरहित बनेपछि पेनाल्टी सुटआउटमा परिणत भएको थियो । पेनाल्टी सुट आउटमा पहिलो पाँचै जनाले गोल गरेपछि पुनः थप दुई जनाले पेनाल्टी सुटआउट गर्दा ६–५ गोल अन्तरले डिएफसीले  फाइनलको यात्रा सुरक्षित गरेको हो ।

त्यस अघि भएको खेलमा सेभेन हर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै एमवाइसीले फाइनल प्रवेश गरेको थियो । सेमिफाइनल खेल सकिएसँगै सेभेन हर्स र शिवदल गण दुबै समुह तृतिय भएका हुन् ।

फाइनल खेल शनिबार दिउसो साढे २ बजे खेलाइने आयोजक धादिङ फुटवल क्लवका अध्यक्ष गोपी भण्डारीले बताए । प्रतियोगीता विजेताले १ लाख ७५ हजार, उपविजेताले ७५ हजार, तृतिय  हुनेले २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र पाउँछन् । अहिलेसम्मकै ठूलो धनराशीको पुरस्कार रहेको आयोजकले दावी गर्दै आएको छ ।

धादिङबेसीका फुटबल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो ।

About The Author

अन्य समाचारहरु: