अस्मिता खतिवडा-
२९ भदौ, धादिङ – सदरमुकाम धादिङबेशी स्थित जिल्ला अस्पताल धादिङका कर्मचारीहरु बस्दै आएको टेन्टमा आगलागी भएको छ ।
आज विहान करिब ९:३० बजेतिर टेन्टमा एक्कासी आगलागी भएको हो । आगलागी हुँदा टेन्टमा रहेका ओढ्ने ओछ्याऊने लगायतका लगाऊने लत्ताकपडा जलेर नष्ट भएकोे पिडित मध्येका एक सुजता गुरुङले बताइन् ।
बैशाख १२ को भुकम्पले बस्दै आएको क्वाटर भत्किएपछि जिल्ला अस्पताल धादिङका कर्मचारीहरु सुर्य प्रसाद खतिवडा, सुजता गुरुङ र मिलन भण्डारी गरि ३ परिवारका सदस्यहरु एऊटै टेन्टमा बस्दै आएका थिए । ब्लाङ्केट, सिरक, डसना, तन्दा, तकिया लगायत लगाउने कपडा समेत जलेपछि समस्यामा परेको पिडितहरुको गुनासो छ । आगलागीको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।