Fri. Feb 28th, 2025

बागमती साहित्य महोत्सव धादिङबेसीमा सुरु, प्रदेश प्रमुख देवकोटाद्वारा उद्घाटन

धादिङ– बागमती साहित्य महोत्सव शुक्रबारबाट धादिङको सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । दुई दिन संचालन हुने साहित्य महोत्सवको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गरेका छन् ।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै देवकोटाले साहित्यमा लाग्ने व्यक्ति समाज र राष्ट्र हाक्ने नायक बन्न सक्ने धारणा राखे । कला र साहित्यलाई न्याय, चेतना, रुपान्तरण र समाज परिवर्तनको संवाहकको रुपमा लिन सकिने भन्दै उनले साहित्यले समाजको कला, संस्कृति, मूल्य मान्यता र सभ्यतालाई छर्लङ्ग पार्ने स्पष्ट पारे ।

‘साहित्य प्रेम र करुणा मात्र नभएर न्याय, चेतना, परिवर्तन र रुपान्तरणको उत्प्रेरणा पनि हो’, प्रदेश प्रमुख देवकोटाले भने–‘साहित्य क्षेत्रको विकास र प्रवद्र्धन गर्न सक्नु भनेको युवा पुस्तामा देशभक्ति प्रतिको इच्छाशक्ति बढेर जानेछ ।’

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा सुरु भएको साहित्य महोत्सवले विभिन्न जातीको भाषा, धर्म र संस्कार, संस्कृतिको उजागर गर्दै नयाँ पुस्तामा साहित्यप्रतिको मोह बढाउने बताए । ‘साहित्य लेखन मात्र नभएर भावना, संवेदना र परिवर्तनको मुहान हो । नयाँ पिँढीहरु ल्यापटप र मोवाइमा मात्र सिमित छन् । नयाँ पुस्तालाई साहित्य प्रतिको मोह जगाउन सकियो भने मानवता, एकता र सौहाद्र्धताको विजारोपण गर्दै सभ्य समाजको निर्माणमा योगदान पुुनेछ’, उनले भने ।

नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माविको प्राङ्गढमा सुुरु भएको साहित्य महोत्सवको शनिबार समापन गरिनेछ । ‘साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन’ भन्ने मूल मर्मका साथ बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले महोत्सवको आयोजना गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले समाजलाई सही दिशा तर्फ डो¥याउन साहित्यको भुमिका महत्वपुर्ण रहने बताए । धादिङबेसीमा आयोजित बागमती साहित्य महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले साहित्य समाजको चनाखो आँखा रहेको पनि उल्लेख गरे ।

त्यस्तै, नेपाल नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुुंगानाले समाजमा देखापर्ने घटनाहरुलाई समेटेर अभिव्यक्त गर्ने माध्यम नै साहित्य रहेकोले सभ्य समाज निर्माणमा साहित्यको भुमिका महत्वपुर्ण रहेको बताए । साहित्यले समाजका विकृति र विसंगतिलाई शब्दमा समेटेर जनमानस समक्ष पु¥याउने काम गर्छ । साहित्यले समाजलाई खबरदारी गराउँछ । अनि यही साहित्यमा लागेपछि समाजलाई राम्ररी निहालेर हेर्न पाइन्छ’ उनले भने ।

महोत्सव उद्घाटनपूर्व शुक्रबार बिहान नेवाः, मगर, गुरुङ, तामाङ, चेपाङ समुदायका संस्कृति झल्कने झाँकी, पन्चैबाजासहितको ¥याली गरिएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा सुरु भएको साहित्य महोत्सवमा विभिन्न नौ वटा विधामा समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षण रहने महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: