Mon. Mar 31st, 2025

भूकम्पको कम्पन हुँदैगर्दा भाग्न खोज्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, प्रहरी भवनमा क्षति

काठमाडौँ- भूकम्प गएपछि भाग्ने क्रममा सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्दा उनी सामान्य घाइते भएका र उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।

भूकम्पको धक्का निकै ठूलो भए पनि क्षतिको विवरण आइनसकेको उनले देशसञ्चारलाई बताए।

उनले कोदारीमा रहेको एउटा प्रहरी भवन चर्केको खबर आएको बताए।  मानवीय तथा अन्य भौतिक क्षतिबारे कुनै जानकारी नआएको उनको भनाइ छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो ।

About The Author

अन्य समाचारहरु: