Sun. Feb 23rd, 2025

ताप्लेजुङमा ‘नो केवलकार पक्ष’का १५ जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले १५ जना ‘नो केबलकार पक्ष’लाई पक्राउ गरेको छ । शनिबार साँझ फुङलिङको विरेन्द्र चोकमा भएको झडपपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । झडपको क्रममा केही व्यक्ति घाइते भएका थिए ।

पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन । प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको पनि उनले बताए ।

‘नो केबलकार पक्ष’ले भने २६ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको बताएको छ । राति खाना खाइरहेको अवस्थामा एकै घरबाट २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको ‘नो केवलकार पक्ष’ले जनाएको हो ।

प्रदेश नम्बर १ पुनः नामकरण अभियान समितिका संयोजक केन्द्रसिंह थेगिमले प्रहरीले दमन गरेको बताए । उनले एकै ठाउँबाट २६ जनालाई उठाएर बेपत्ता बनाएको बताउँदै अहिलेसम्म उनीहरूको अवस्था थाहा नभएको बताए ।

About The Author

अन्य समाचारहरु: