
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै थोपल खोला किनारमा एक जना पुरुषको शव भेटिएको छ ।
ससाह देउराली चौतारोबाट तल्लोबसी जाने झोलुङ्गे पुलको मुनी थोपल खोला किनारामा मृत अवस्थामा भेटिएको हो । स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।