Thu. Feb 20th, 2025

एकीकृत समाजवादी बागमती अध्यक्षमा भीम दाहाल सर्वसम्मत

नेकपा -एकीकृत समाजवादी_ बागमती प्रदेश अध्यक्षमा भीम दाहाल सर्वसम्मत चुनिएका छन्।

सोमबार नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो। अध्यक्षका लागि दाहालसहित लक्ष्मण लम्साल, श्याम बस्नेत र बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गरेका थिए।

तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दोलखाका दाहाल सर्वसम्मत बनेका हुन्।

प्रथम अधिवेशनबाट उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ निर्वाचित भएका छन्।

सचिवमा एलपी श्रेष्ठ सर्वसम्मत भए । उपसचिवमा दीपक धनुके, नानीराम चौलागाईं र निरु खरेलले चुनिएका छन्।

अधिवेशनबाट १६८ सदस्यीय कमिटी निर्विरोध चुनिएको लक्ष्मण लम्सालले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: