Thu. Feb 20th, 2025

खाद्य वस्तुको गुणस्तर फिल्डमै मापन गर्ने काठमाण्डौ महानगरपालिकाको तयारी

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले शहरमा बिक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ ।

नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरूमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको हो । यसका लागि महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यकारी निर्देशक सञ्जीवकुमार कर्णसहित अधिकारीहरूबीच मोबाइल भ्यान सञ्चालन र क्षमता विकासका विषयमा छलफल भएको छ ।

सुपथ मूल्यमा गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न महानगरको कृषि तथा पशुपक्षी विभागले नियमित बजार अनुगमन गरिरहेको छ । यससँगै विभागले स्वच्छ खाद्य सेवा प्रवर्द्धन न तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता स् प्रवर्धन शिविर (फूड सेफ्टी, वुट क्याम्प) अन्तर्गत क्षेत्रगत खाद्य सेवा सञ्चालन गर्ने सञ्चालक र व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरेको छ ।

क्षमता विकासको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय, दोस्रो संस्करणमा मासुजन्य खाद्य वस्तुका उत्पादक तथा बिक्रेता, तेस्रो संस्करणमा मिठाइजन्य खाद्य सेवाका उत्पादक तथा बिक्रेतालाई तालिम दिइएको थियो ।

About The Author

अन्य समाचारहरु: