Thu. Feb 20th, 2025

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

काठमाण्डौ – हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ ।

गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।

मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनीका प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेको समिति गठन गरिएको हो । समितिमा एक जना विस्फोटक पदार्थ विज्ञसमेत सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ ।

समारोहमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । दुवै जनाको कीर्तिपुरमा रहेको बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: