
वासिंगटन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५०० अर्ब अमेरिकी डलरको लक्ष्य राखेको बताएका छन् । दुवै देशका टोलीहरूले पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप दिन सँगै काम गर्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भने, ‘अमेरिकाका जनता ट्रम्पको आदर्श वाक्य ‘समृद्धिका लागि मेगा साझेदारी’ (मगा) बारे सचेत छन् । साथै, भारतका जनता विकसित भारत सन् २०४७ को लक्ष्य तर्फ अघि बढिरहेका छन् ।’
उनको भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न भारत र अमेरिकाले तेल र ग्यास व्यापारलाई बलियो बनाउने बताउनुभयो । जब अमेरिका र भारत मिलेर काम गर्छन्, यसले हाम्रो उद्देश्यहरूलाई नयाँ उचाइ दिन्छ ।’
उनले भने, ‘हामीले हाम्रो द्विपक्षीय व्यापारलाई सन् २०३० सम्ममा दोब्बरभन्दा बढीमा पु¥याउने लक्ष्य पनि राखेका छौं । हाम्रा टोलीहरूले चाँडै नै पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप दिने काम गर्नेछन् ।’
उनले भारत र अमेरिका संयुक्त विकास, संयुक्त उत्पादन र प्रविधि हस्तान्तरणको दिशामा अगाडि बढिरहेको घोषणा गरे । उनले भारत र अमेरिकाबीचको साझेदारी र सहयोगले राम्रो संसारलाई आकार दिन सक्ने बताए ।
‘हामी भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न तेल र ग्यास व्यापारलाई बलियो बनाउनेछौं । ऊर्जा पूर्वाधारमा लगानी बढ्नेछ । आणविक ऊर्जा क्षेत्रमा हामीले साना मोड्युलर रिएक्टरहरूको दिशामा हाम्रो सहयोगलाई गहन बनाउने कुरा गर्यो ।’