
काठमाडौं । चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले निर्देशन गरेको चलचित्रको छायांकन चार महिनामा सकिएको हो ।
शुक्रबार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।
निर्देशक सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकनको चरण पार गरेको बताएका छन् ।
निर्देशक सेनले ‘बलिदान’लाई ‘महान चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता नगरेको बताएका छन् ।
चलचित्रको प्रमुख भूमिकामा समीर भट्टको प्रमुख भूमिका छ । सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मालगायत कलाकारको पनि अभिनय छ ।