
काठमाडौं – नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ।
चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपाल स्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
दोस्रो पटक चीनसँग् नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। मैत्रीपूर्ण खेलका लागि एन्फाले राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडीलाई लामो समयदेखि बन्द प्रशिक्षणमा राखेको थियो।
गतवर्ष दशरथ रङ्गशालामै भएको खेलमा नेपाली यु-२३ टोलीले चिनियाँ टोलीलाई ५-१ गोलले हराएको थियो।