![](https://www.pabilnews.com/wp-content/uploads/2025/02/anonymous-techpana-news_BMSZlypcnW.jpg)
काठमाडौं– हिजोआज सामाजिक सञ्जाल प्रयोग गरि प्रलोभनमा पारि गरिने वित्तीय अपराधका घटनाहरु बढ्दो छ । दैनिकजसो मानिसहरुलाई फेसबुक, भाइबर, ह्वाट्सएप लगायतका सञ्जालमा म्यासेज आउने र चिठ्ठा परेको प्रलोभन देखाई पैसा लुट्ने घटनाहरु हुने गरेका छन् । तपाईंलाई पनि यस्तो म्यासेज आउन सक्छ । त्यसैले यस्ता प्रलोभनलाई बेवास्ता गर्नुहोस र वित्तीय ठगीबाट बच्नुहोस ।
के तपाईंलाई अपरिचित व्यक्तिको फोन नम्बर, ह्वाट्सएप, भाइबर, मेसेन्जर, इमेल, फोन तथा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने र विदेशबाट पैसा आइसकेको म्यासेज आएको छ रु यस्तै, छोटो समयमै धेरै पैसा फाइदा हुने योजनाहरु जस्तै, क्रिप्टोकरेन्सी, फरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरु उपलब्ध रहेको सन्देश तथा भिडियोहरु आएको छ रु यदि छ भने सजग रहनुहोस । तपाईले त्यस्ता सन्देशलाई बेवास्ता गर्नुहोस र ओटीपी वा अन्य कुनैपनि विवरण नदिनुहोस ।
वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरु दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट तपाईंलाई आर्थिक हानी नोक्सानी पु¥याउन सक्छन् । यस्तो बेला सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकलाई सम्पर्क गरेर थप क्षति हुनबाट रोक्न सकिन्छ ।
कहिलेकाहीं परिचित व्यक्तिको मेसेन्जर, ह्वाट्सएप लगायतका सञ्जालबाट समेत बनावटी प्रयोजन देखाई रकम सापटीको रुपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्यूआर कोड प्राप्त हुनसक्छ । त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट आएको हो वा होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्छ । पछिल्लो समय अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरुपहरु बढिरहेकोले वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आवश्यक छ ।